बागमती नदी किनारमा गिद्धको बथान

१९ फागुन, काठमाडौं । सन् १९९० को दशक गिद्धको लागि सबैभन्दा त्रासदी र घातक दशक

बन्न पुग्यो । सर्वत्र सयौको संख्यामा सिनोहरुमा लुछाचुडी गर्ने गिद्धहरुका झुन्ड एका एक हराउन थाले ।

Vultures-in-the-bank-of-Bagmati-Rajendra-Gurung-2मरेका जनावरको मासु अर्थात सिनो खाई हाम्रो वरपरको वातावरणलाई प्रदुषित, दुर्गन्धित र रोगमुक्त बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने ‘प्रकृतीको कुचिकार’ गिद्ध आफै जीवन अस्थित्व समाप्तीको किनारामा पुगे । गिद्धको अभावमा सिनो प्रकृतीमा यसै सड्न थाल्यो जसमा भुस्याहा कुकुर, स्याल, मुसा र भिंगाको संख्यामा बृद्धि हुदा मानिसमा रेवीज, प्लेग हैजाँ, आँऊ, झाडापखाला आदि सरुवा घातक रोगहरू र पशुचौपायाहरुमा एन्थ्रेक्स्, ब्रुसेलोसिस् र क्षयरोग (टीबी) जस्ता रोगहरुको संक्रमणले महामारीको रुप लिन थाल्यो ।

नेपालको मेची देखी महाकाली र हिमाल देखी तराई सम्म अति व्यापक रुपमा पाईने गिद्धहरु पछिल्ला दशकहरुमा छिटफुटरुमा मुलत चितवन पश्चिमका जिल्लाहरुमा मात्र देखीन थाले ।

Vultures-in-the-bank-of-Bagmati-Rajendra-Gurung-1 (1)काठमाण्डौ उपत्यका र यस आसपासका क्षेत्रहरुमा पनि सन् २००० पछिका दिनहरुमा गिद्धका बथानहरु देखीन छाडे । तर खुसीको कुरा गत हप्ता मात्र नेपाल पन्छी संरक्षण संघका महासचीव राजेन्द्र गुरुङ नेतृत्वको अध्ययन टोलीले चोभार क्षेत्रको बागमती नदी किनारमा सम्भवत काठमाण्डौमा पछिल्लो दशककै सबै भन्दा धेरै गिद्धको समुह फेला पार्‍यो । संकटको नजिक रहेका ४५ हिमाली गिद्ध सँगै एक हिउदे आगन्तुक राज गिद्ध उक्त समुहमा थिए ।

Vultures-in-the-bank-of-Bagmati-Rajendra-Gurung-1दक्षिण एशियामा गिद्धको संख्यामा अप्राकृतीक र नाटकीय ढंगले कमी हुनुको प्रमुख कारण घरपालुवा पशु उपचारमा प्रयोग गरिने औषधि डाइक्लोफेक हो । यसका साथै अरु सहायक कारणहरु बासस्थानको बिनाश, आहारामा कमी, अन्य विषादीको बढदो प्रयोग तथा अन्य शिकार गरेका मांसाहारी जनावरलाई लक्षित गरी सिनोमा विष राख्दीनाले र अवैज्ञानिक ढंगबाट विस्तार गरीएका विद्युत तार आदिले पनि जिवित सानो संख्यामा रहेका गिद्धहरुलाई झन संकटमा पार्‍यो ।
Vultures-in-the-bank-of-Bagmati-Rajendra-Gurung-2पशु उपचारमा डाइक्लोफेनेकको प्रतिबन्ध मेलोक्सिक्यामको प्रवद्धन, गिद्धलाई शुद्ध आहार उपलब्ध गराउने जटायु (गिद्ध) रेष्टुरेन्टको स्थापना, गिद्ध सुरक्षित क्षेत्रको स्थापना, जनचेतना अभिवृद्धि, संरक्षणमा आम सहभागिता र सरकारी स्तरबाटै ‘गिद्ध संरक्षण कार्ययोजना सन् २००९-२०१३’ र नयाँ कार्ययोजना (सन् २०१५-२०१९)को लागुले गिद्धको सख्या पुनरागमन हुनेमा आशाका किरणहरु छाएका छन् ।

कृष्णप्रसाद भूसालबाट
तस्बिरः- राजेन्द्र गुरुङ

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s