नारी दिवस आउनै लाग्दा उत्सव मनाउँ कि शोक ?

तीन सय ३८ जना महिलाले बलात्कार भोग्नुप¥यो । एक सय ३९ जनालाई बलात्कारको प्रयास

। ९३ जनामाथि यौन दुर्व्यवहार । ८९ जनालाई बोक्सीको आरोप । सन् २०१४ मा महिलामाथि भएका हिंसाको रुप हो यो ।
समाजमा महिला हिंसा बढ्नुको मुख्य कारण छोटो कपडा लगाउनु भनेर उल्लेख गरेको पाइन्छ । हो यो एक कारण हुन सक्छ, तर हजुरबुबाबाट अबोध बालिका बलात्कृत हुनुमा बालिका दोषी थिइन् ? इट्टाभट्टीको श्रमिकको छोरीलाई महङ्गो छोटा कपडा कसले किनिदियो र बलात्कृत भइन् ?

गाउँको सामान्य किसानको छोरीको पहिरन सामान्य कुर्था–सलवार हुन्छ तर किन त्यही किसानकी छोरी आफ्नै बाबुबाट बलत्कृत भइन् ? महिला अधिकारको आवाज उठाउने संघसंस्था कता लुके ? पोखरामा रिया पुनको मृत्यु हुँदा पत्रपत्रिकाले प्रशस्त स्थान पाए, धेरै कराए तर रिया पुन लगत्तै माघ २६ गते बेगनाश तालमा   मृत फेला परेकी  खिममाया पुनको मृत्यु किन कुकुर न विरालोको मरण भयो ? किन उठाइएन कुनै आवाज ? किन खोजी गरिएन दोषीको ?

के उनी नेपाली चेली थिइनन् ? कतै महिला अधिकारवादी संघसंस्थाले पनि विभेद त देखाएको होइन ? रिया एक नायिका थिइन्, खेममाया पुन एक साधारण चेली ? यही थियो कारण या अरु कुनै ? यदि यही कारण थियो भने के अब साधारण नागरिकका छोराछोरी जो हातमुख जोर्न धौ धौ पर्छ तिनीहरूको सुरक्षाको प्रत्याभूति कसले गरिदिन्छ ? माघ २६ गते नहरमा फेला मृत फेला परेकी जमुना सुवेदीको हत्यारा को थियो ? के भयो हत्यारालाई सजाय ?

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s