कपिलवस्तुमा ६ महिनामा ३२ दुर्घटना, २८ को मृत्यु

१९ फागुन, कपिलवस्तु । कपिलवस्तुमा ६ महिनाको अबधीमा सवारी दुर्घटनाबाट

२८ जनाको ज्यान गएको छ । गत साउनदेखि माघसम्म भएका ३२ सवारी दुर्घटनाबाट २८ जनाको अकालमै ज्यान गएको र २१ जना गम्भीर घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

Kapilbastu-Map
जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरुसिंगेका ट्राफिक प्रहरी निरीक्षक राजकुमार रावलका अनुसार दुर्घटनाबाट १९ पुरुष, ४ महिला, ४ बालक र १ बालिकाको ज्यान गएको छ ।

दुर्घटनामा सबैभन्दा बढी असोज महिनामा ८ जनाको मृत्यु भएको छ ।

यसैगरी कात्तिक, मंसिर र माघ महिनामा ४-४ जनाको, साउन र भदौमा ३-३ जनाको र पुसमा २ जनाको मृत्यु भएको छ । सबैभन्दा बढी १३ ओटा मोटरसाइकल दुर्घटनामा परेको ट्राफिक प्रहरी कार्यालयको तथ्यांक छ ।

ट्राफिकले दिएको तथ्यांक अनुसार गत वर्ष ०७१/७२ को एक वर्षमा ६९ सवारी दुर्घटनाबाट ४३ जनाले ज्यान गुमाएका थिए ।

यसैबीच कपिलवस्तमा जिल्ला ट्राफिक प्रहरीले पछिल्लो ६ महिनामा सवारी कारबाहीबाट ४१ लाख ९२ हजार ६ सय रुपैयाँ राजस्व संकलन गरेको छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s